लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

tillotmacitynews - 2023 Jul 04 11:24 AM
IMG

तिलोत्तमा / १९ असार । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। अघिल्लाे दिन अर्थात् सोमबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य , आज मंगलबार का दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


सोमबार छापावाल सुन भने प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।


आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्