लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डिङ्गरनगरमा बृहत सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

IMG

मुनालपथ।  तिलोत्तमा–४ डिङ्गरनगर स्थित मिलिजुली टोल विकास संस्थाको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।टोल विकास संस्थाका अध्यक्ष श्रीमाया सुनारी मगरको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ख्यातिप्राप्त गायिका बसन्ती थापा, गायक हेम थापा तथा हास्यकलाकार विष्णु जी पाण्डे ‘माइलाबा’को विशेष प्रस्तुति रहेको थियो।


सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नयाँ बर्षको २०८३ को शुभकामना सबै नेपालीहरुमा बाड्दै नयाँ बर्षले एकताको सुत्रमा बाध्न सबै नेपालीमा आग्रह गर्दै टोल बिकास समितिले गरेको यसप्रकारको कार्यक्रमले मनोरंजन संगै सामाजिक संदेशपनि दिएको बताउनुभयो।गायिका बसन्ती थापाले आधा दर्जन लोक तथा दोहोरी गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो भने गायक हेम थापाले आफ्ना चर्चित गीतमार्फत उपस्थित दर्शकलाई झुमाउनुभयो। त्यसैगरी हास्यकलाकार विष्णु जी पाण्डे ‘माइलाबा’ले आफ्नो प्रस्तुतिबाट स्थानीय दर्शकलाई पेट मिचीमिची हसाउन सफल हुनुभयो।


कार्यक्रम अन्तर्गत मम्मी डान्स तथा चिल्ड्रेन डान्स प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।हरेक वर्षझैँ यस वर्ष पनि नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवस्थापक राजु शर्माले जानकारी दिनुभयो।कार्यक्रममा ११ बढी ज्येष्ठ नागरिकलाई दोसल्ला सहित सम्मानपत्रले सम्मान गरिएको सो कार्यक्रमको सञ्चालन उद्घोषक सन्तु दंगोरिया थारुले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्