लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाेटेकाेशी बाढी : १ हजार ३६७ वटा शव फेला, ५ हजार १३२ जना सम्पर्कविहीन

IMG

काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन भएको छ । अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।अहिलेसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको छ । यस्तै उपचारका क्रममा काठमाण्डौमा २ जनाको ज्यान गएको छ ।


भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ ।प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ३९३ जना छन् ।


बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनालगायतका कामलाई तीव्र पारेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।



कमेन्ट गर्नुहोस्