
बुटवल । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै बुटवल पोखरा बिरगंज नेपालगंज बिराटनगर र काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक यातायात तथा बसपार्कमा चहलपहल बढेको छ ।रोजगारी, अध्ययन तथा व्यवसायका लागि मध्ये पहाड र पहाड तथा हिमाली क्षेत्रमा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन शहरतिर आउन थालेका हुन् ।
लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय फेरि शुरु भएसँगै संघीय राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको हो।आजदेखि सरकारी कार्यालयहरु पनि खुल्दैछन् । यात्रुको आवागमन बढेसँगै संघीय राजधानी प्रवेश गर्ने प्रमुख सडकमा चहलपहल थपिएको छ ।काठमाण्डौ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा थानकोट, साँगा , बालाजु, बल्खु र टोखा छहरे क्षेत्रमा गाडी तथा यात्रुको चाप बढेको छ । यात्रु तथा गाडी चालकलाई ट्राफिक नियमको पालना गर्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्