लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतमा महिलाकाे पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियाे

IMG

पाल्नाडु । भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा काठका चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो ।आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाकी ३३ वर्षीया महिलाको पेटबाट अप्रेशन गरेर ती वस्तु निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।ती महिलाले छातीको बायाँ भागमा तीव्र पीडा महसुस गरेपछि परिवारले उनलाई माताश्री प्राइभेट हस्पिटलमा भर्ना गरेका थिए ।


शुरूमा चिकित्सकले ईसीजी र इन्डोस्कोपी गरेका थिए । ईसीजी रिपोर्ट ठीक थियो तर इन्डोस्कोपी रिपोर्टमा पेटमा लामा वस्तु रहेको पत्ता लागेको उपचार संलग्न डाक्टर रामचन्द्र रेड्डीले बताउनुभयो । डाक्टरले सफलतापूर्वक यी सबै वस्तुहरू निकाले र ती महिलाको ज्यान बचाए । अहिले महिलाको अवस्था स्थिर रहेको छ ।डाक्टर रेड्डीका अनुसार ती महिला मानसिक रोगबाट पीडित थिइन् । उनले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती वस्तु निलेको बताएकी छिन् ।


के यो घटना पहिलो हो ?

‘द टाइम्स अफ इन्डिया’ को प्रतिवेदनअनुसार सन् २०२५ मा उत्तर प्रदेशको हापुरमा रहेको एउटा अस्पतालमा ४० वर्षीय पुरुषको पेटबाट २९ वटा स्टीलका चम्चा, १९ वटा टुथब्रस र २ वटा कलम निकालिएको थियो ।यस्तै ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’ का अनुसार सन् २०२४ मा इरानको अहवाजमा रहेको इमाम खोमेनी अस्पतालका डाक्टरले ३६ वर्षीय पुरुषको पेटबाट ४५० भन्दा धेरै धातुका वस्तुहरू सफलतापूर्वक निकालेका थिए ।विभिन्न वस्तुहरू निल्नु स्वास्थ्यसम्बन्धी एक गम्भीर समस्या हो र यो प्रायः बालबालिकामा देखिने गर्दछ । यद्यपि यो समस्या केही वयस्कहरूमा—विशेषगरी मानसिक स्वास्थ्य समस्या भएकाहरूमा—तथा कारागारहरूमा पनि बारम्बार देखिने गर्दछ ।

कमेन्ट गर्नुहोस्