
रुपन्देही। प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ ।पूर्व सभासद् सुनिलबाबु पन्तले ब्यूरोमा उजुरी दिएका हुन् । शाहले ‘रअ बार्ज’ मा गरेको ब्याटल युट्युबबाट हटाउनु पर्ने पन्तले निवेदनमा उल्लेख गरेका छन् ।
उजुरीमा शाहले सो ब्याटलमा अश्लीलता प्रदर्शन गरेको दाबी गरिएको छ । पूर्वसभासद् पन्तले दिएको उजुरीमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताए । उनले भने, ‘हाम्रो प्राविधिक टिमले हेरिरहेको छ ।’र्याप ब्याटलमा गाएको १२ वर्षअघिको गीत आपत्तिजनक रहेको उजुरकर्ता पूर्व सभासद् पन्तले बताए । उनले भने, ‘त्यसमा अन्यलिंगी परिवारलाई आक्षेप लगाएर आपत्तिजनक शब्द प्रयोग गरिएको रहेछ ।’
र्याप ब्याटलमा प्रधानमन्त्री शाह सहितका युवाहरूले एक अर्कालाई छक्का र बलात्कार जस्ता शब्द प्रयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेपछि व्यङ्ग्य स्वरुप सो ब्याटललाई धेरैले सेयर गरेका थिए ।सो गीत रिर्फेस भएर भाइरल भइरहेको र १ करोड ५० लाखले हेरेको हुनाले पन्तले सो गीत युट्युबाट हटाउन माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्