
तिलोत्तमा // रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-२ मा अबस्थित शिवालय टोल विकास संस्थाको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ।नयाँ कार्यसमितिको अध्यक्षमा इश्वर न्यौपाने निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेत्र प्रसाद पाण्डे चयन भएका छन्। त्यसैगरी सचिवमा कल्पना पौडेल र कोषाध्यक्षमा सबिता बराल निर्वाचित भएका छन्।
सदस्यहरुमा सिता कुमारी भुसाल, इन्द्र प्रसाद न्यौपाने, निरु अधिकारी, पुरुषोत्तम भट्टराई, क्रान्ति पोख्रेल, रेणु भण्डारी र मोति प्रसाद पौडेल सर्वसम्मत रुपमा चयन भएका छन्।नव निर्वाचित अध्यक्ष इश्वर न्यौपानेले आफूलाई निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै टोलको समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले टोलको विकासका लागि निरन्तर सक्रिय रहने समेत बताएका छन्।
कमेन्ट गर्नुहोस्