लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो डिएमसी कप :मंगलबारको ३ खेलमा दल्का,तिलोत्तमा भेट्रान्स र सृजना एफसी बिजयी

IMG

केवलानी। रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा शनिबारदेखि शुरु चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा दल्का एफ सी, तिलोत्तमा भेट्रान्स र सृजना एफसी करौजिया बिजयी भएका छन्।


गौतम बुद्ध मावि केवलानीको खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको तीन खेलहरुमा दल्का एफ सीले मडाहा एफसी मडाहालाई १ का बिरुद्ध २ गोल गरेको छ भने,आजै सम्पन्न दोस्रो खेलमा तिलोत्तमा भेट्रान्सले योङ्ग स्टार एफसी मदाहालाई ० का बिरुद्ध १ गोल गरेको छ , त्यसो त आजै सम्पन्न तेस्रो खेलमा सृजना यु १७ करौजियाले लिस्नु एकेडेमी कोटिहवालाई ० का बिरुद्ध १ गोल गर्दै विजयी भएको हो । 


प्रतियोगिताको पहिलो खेलमादल्का एफसीका  बिकास थापा म्यान अफ द म्याच बने भने दोस्रो खेलमा तिलोत्तमा भेट्रान्सका बिनोद राना र अन्तिम खेलमा लिस्नु एकेडेमीका इन्द्र भण्डारी म्यान अफ द म्याच बनेका थिए । आउँदो कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल आयोजक क्लबका अध्यक्ष छवी श्रीसले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।खेल मंगलापुर चोक देखि २ किलोमिटर पुर्व साइड विद्यालयको खेल मैदानमा भैरहेको छ ।भोलीको पहिलो खेल आयोजक डिएमसी सेतो भर्सेस किंग्स एफसी, दोस्रो खेल ओमासतिया एफसी भर्सेस देवीस्थान एफसी र अन्तिम खेल सयपत्री भर्सेस गोर्खाली एफसी बीच दिउसो १ बजेबाट शुरु हुने छ । 


कमेन्ट गर्नुहोस्