लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो डिएमसी कप : सोमबारको ३ खेलमा सम्झना,सयपत्री र अमुवा बिजयी

IMG

केवलानी। रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा शनिबारदेखि शुरु चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा  सम्झना एफ सी , ,सयपत्री एफ सी र  र अमुवा एफ सी बिजयी भएका छन्।


गौतम बुद्ध मावि केवलानीको खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिनको तीन खेलहरुमा सम्झना युवा परिवारले जागृति युवा क्लब सखुवानीलाई १ का बिरुद्ध ४ गोल गरेको छ भने,आजै सम्पन्न दोस्रो खेलमा सयपत्री एफसी रामनगरले न्यु एकता युवा क्लबलाई १ का बिरुद्ध २ गोल गरेको छ , त्यसो त आजै सम्पन्न तेस्रो खेलमा आयोजक डिएमसी रातोलाई ० का बिरुद्ध १ गोल गर्दै अमुवा एफ सीले विजयी शुरुवात गरेको छ ।प्रतियोगिताको पहिलो खेलमा सम्झना परिवारका निखिल नेपाली म्यान अफ द म्याच बने भने दोस्रो खेलमा सयपत्रीका सुरज गुरुङ र अन्तिम खेलमा अमुवाका मनोज नेपाली म्यान अफ द म्याच बनेका थिए ।


आउँदो कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल आयोजक क्लबका अध्यक्ष छवी श्रीसले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।खेल मंगलापुर चोक देखि २ किलोमिटर पुर्व साइड विद्यालयको खेल मैदानमा भैरहेको छ । 

कमेन्ट गर्नुहोस्