
बुटवल । चन्द्र पन्तको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आ बाट आमा २’ १० औं दिनमा प्रवेश गर्दै देशभरका सिनेमा हलमा सफलता चुम्दै दर्शकको मायामा तिब्रता पाएको छ। प्रदर्शनको १० औं दिनसम्म आउदा चलचित्रले देशभर ११५ शो पाएको छ भने ६० भन्दा बढी शो हाउसफुल र आगामी शोमा टिकट बुकिङसमेत उत्साहजनक देखिएको छ।
बुटवलका क्यु एफ एक्स, आइ एन आइ क्यु बक्स, फ्रेन्ड्स सिनेमा, द्वारिका सिनेमा हलमा दर्शक भेट्न पुगेका कलाकार पल शाह, मालिका महत, आकाश श्रेष्ठ सहित जुरिलाई दर्शकले भेटेर प्रत्यक्ष प्रतिक्रिया दिएका छन् । चलचित्रको हल भिजिटका क्रममा दर्शकबाट सुखद र मिश्रित प्रतिक्रिया प्राप्त भएको छ। फिल्म हेरेर हलबाट बाहिरिने कतिपय दर्शक भावुक हुँदै रुँदै निस्किएका छन्। आमाको माया, त्याग र पारिवारिक सम्बन्धमा आधारित कथाले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिएको छ। मोफसलका पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज र धरान दाङ्ग कपिलबस्तु लगायतका सहरमा पनि चलचित्रप्रति दर्शकको चासो निकै उत्साह पुर्ण देखिएको छ।
कमेन्ट गर्नुहोस्