लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुन्जपार्क म्युजिकल वाटर फ़ाउण्टेनको समुद्घाटन,तिलोत्तमाको पर्यटनमा जोड

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा-६ कुञ्जलापुर स्थित कुञ्ज पार्कमा सोमबार म्युजिकल वाटर फ़ाऊण्टेनको समुद्घाटन गरिएको छ। पर्यटन विकासको आधारशिला स्थापना गर्न तिलोत्तमामा म्युजिकल वाटर फ़ाऊण्टेनको अबधारणा ल्याईएको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का वडाअध्यक्ष गणेश पाठकले बताउनुभयो । समग्र तिलोत्तमासंगै कुन्जलापुरको आर्थिक विकास र पर्यटन प्रबर्द्धनमा समेत ठुलो योगदान पुर्याउने र समग्र क्षेत्रलाई परिचित गराउने गरी शिघ्र संचालनमा रहेको नाइटपार्कसंगै पानीको फोहोरामा सगीतको साधना जोड्न म्युजिकल वाटर फ़ाऊण्टेन निर्माण गरिएको वडा अध्यक्ष पाठकले बताउनु भयो । 


सो समुद्घाटनको अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले कुन्जपार्कसंगै तिलोत्तामाका अन्य पर्यटकीय क्षेत्र बनबाटिका, बाऊन्नकोटी, जमुहानी पार्क, जस्ता गर्विलो पार्कहरुलाई जोड्दै पर्यटकलाई सबै पार्क घुमाउन उत्सुकता जाग्ने गरि तिलोत्तमा नगरपालिकाले पर्यटनको आधार वृद्धि गर्न पार्कमा लगानी गरिएको बताउनुभयो। सो अवसरमा बोल्दै उपप्रमुख जगेश्वर देवी चौधरीले ऎतिहासिक स्थल तथा पर्यटन र धार्मिक स्थलको संगम कुन्जपार्कलाई अझै राम्रो बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेकी थिइन्।कुन्जपार्क प्रति पर्यटकको आकर्षण झन् तिब्र बढ्दै गएकोले नगरपालिकाले सो स्थानलाई रोजेर प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्दै आएको र क्रमिक रुपमा पूर्वाधार निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै पौडेलले पर्यटनमा गरिएको लगानीले समृद्ध तिलोत्तमाको क्षेत्रमा एउटा इट्टा थप्ने बिश्वास गर्नुभयो । 


कुन्जपार्कमा डिपीआर अनुसार करिव १ करोड ५० लाख लाग्ने सो निर्माणकार्य ठेगदार कम्पनिले १ करोड २६ लाखमै बनाएको हो । सोमबार नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले एक भव्य समारोहका बीच समुद्घाटन गर्नुभएको हो । पर्यटक आर्कषणको केन्द्रको रूपमा लिइएको फ़ाउण्टेन पार्क बन्ने भएपछि स्थानीयबासीहरु समेत खुसी भएको वडा अध्यक्ष पाठकले बताए।कार्यक्रममा नगर प्रमुख खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल,वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, कुन्जपार्कका लोक पुन, सुरेन्द्र श्री लगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम तिलोत्तमका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सञ्चालन गर्नुभएको हो । 


कमेन्ट गर्नुहोस्