
बुटवल। सडक र बजार क्षेत्रलाई व्यवस्थित बनाउने भन्दै बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी सञ्चालनगरिएका व्यवसायमा डोजर चलाएको छ।उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरीसञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै विगत तीन दिनसम्म माइकिङ गरेको थियो। तर, पटक पटक आग्रहगर्दा पनि सडकको फुटपाथमा सञ्चालन गरिएका पसल तथा व्यवसाय नहटाएपछि बुधबार अपराह्नदेखि डोजरचलाएर फुटपाथ खाली गरेको उपमहानगरपालिकाले जनाएको छ।
बुटवलको राजमार्ग चौराहादेखि गोल पार्कसम्म नै सडकको फुटपाथ कब्जा गरी पछिल्लो समय सयौँव्यवसायीहरूले पसल थाप्दै आएका थिए। जसले गर्दा सडकमा यात्रा गर्ने यात्रुहरूले सास्ती पाएका थिए। फुटपाथ र सडक किनार कब्जा गरी थापिएका पसलका कारण अस्पताल लाइन, भुड्की चोक, पुष्पलाल पार्कसबैभन्दा बढी अस्तव्यस्त बनेको थियो।डोको र ठेलामा राखिएका तरकारी, फलफूल र कपडा पसलका कारणबिरामी लिएर आउने एम्बुलेन्सलाई समेत अस्पताल भित्र छिर्न अवरोध भएपछि सबैभन्दा पहिले अस्पताल लाइन रभुड्की चोकको सडक र फुटपाथ खाली गरिएको उपमहानगरपालिकाले जनाएको छ।यसअघि हरेक दिनबिहानैदेखि सडक किनारमा पसल थाप्ने फुटपाथ व्यापारीहरूले बुधवार पसल सञ्चालन नगरे पनि वर्षौँदेखिसडक किनारका घरमा पसल तथा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले भने अटेर गर्दै फुटपाथमासमेत पसल सञ्चालन गरेपछि डोजर लगाएर हटाइएको हो। भुड्की चोकमा वर्षौंदेखि सडक कब्जा गरी भुड्कीपसल सञ्चालन गरिएका थिए भने अस्पताललाईनको आकाशे पुल अगाडि फुटपाथमै समेत कपडा पसलसञ्चालन गरिएको थियो।
नेपाल प्रहरी र नगर प्रहरीको साथमा डोजर लिएर गएको उपमहानगरपालिकाले त्यस्तापसलहरू हटाएको हो। त्यस्तै लामो समयदेखि फुटपाथ समेत कब्जा गरी सञ्चालन गरिएका मोटरसाइकलशोरूम र रिकन्डीसन शोरूमबाट पनि मोटरसाइकलहरू हटाइदिएको छ।उपमहानगरपालिकाले सडक किनारकब्जा गरेर राखिएका मोटरसाइकलहरू क्रेनले उठाएर त्यहाँबाट हटाएको हो। बुटवल उपमहानगरपालिकाकाप्रमुख खेलराज पाण्डेयले यसअघि पटक पटक सडक किनार खाली गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि बाध्यभएर डोजर लगाउनुपरेको बताएका छन्।
सडक किनारमा जथाभाबी सञ्चालन गरिएका पसल व्यवसायका कारण सडक र बजार अस्तव्यस्त बनेपछिउपमहानगरपालिकाले वैशाख २ गतेदेखि फुटपाथ खाली गर्ने अभियानलाई औपचारिक रूपमा अघि बढाएको हो।निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री बुधवार बिहान जफत गरिएकोउपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले खाली गर्ने भनेपछि मुख्य बजारका सडक किनारमाव्यापार गर्ने फुटपाथ व्यापारीहरू भने आफै हटेका थिए।
यसअघि लुम्बिनी प्रादेशिक अस्पताल, भुड्की चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, बसपार्क लगायतकाबजारका मुख्य क्षेत्रको सडक पेटीमा बिहानैदेखि सयौँको सङ्ख्यामा पसल थाप्ने व्यापारीहरूले बुधवार भने पसलराखेनन्।मङ्गलवारसम्म उपमहानगरपालिकाको आग्रहलाई बेवास्ता गरे बुधवारदेखि डोजर लगेर पसल हटाउनेचेतावनी दिएको थियो। नगरप्रमुख खेलराज पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित सहरकारूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो।नगरप्रमुख पाण्डेले तरकारी र फलफूलको व्यापार गर्नचाहनेहरूलाई हाटबजारमा स्थान उपलब्ध गराइने तर, सडक किनारमा अतिक्रमण गरेर पसल सञ्चालनगर्नेहरूलाई भने कडा कारबाही गरिने बताए।
राजमार्ग चौराहादेखि गोल पार्कसम्म नै सडक किनार अतिक्रमण गरेर विभिन्न व्यवसाय सञ्चालन गरिएको भन्दैत्यस्ता व्यवसाय गर्नेलाई मात्र नभई घर भाडामा लगाउने घरधनीलाई पनि कारबाही गर्ने नगरप्रमुख पाण्डेलेचेतावनी दिएका छन्।न्यून आय भएका व्यक्तिहरूको नाममा सडक अतिक्रमण गर्ने क्रम बढेको भन्दै उनले उखु रविभिन्न फलफूलको जुस विक्री गर्नेहरूसँगै विद्युत् उपलब्ध गराउने घरधनीहरूलाई समेत कारबाही गरिने बताए।
कमेन्ट गर्नुहोस्