लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भजनमा रम्दै–रमाउँदै महाभैरव भजन तिलोत्तमाको भजन महोत्सव

IMG

तिलोत्तमा । धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप सशक्त बनाउने उद्देश्यले महाभैरव भजन तिलोत्तमाले तिलोत्तमा नगर क्षेत्रका विभिन्न मन्दिरहरुमा भजन महोत्सव सञ्चालन गरिरहेको छ।भजनमा रम्दै–रमाउँदै आध्यात्मिक आनन्द लिने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव अन्तर्गत विभिन्न मन्दिरहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता देखिएको छ। भजन, कीर्तन र धार्मिक गीतमार्फत सहभागीहरुले भक्ति भाव प्रकट गर्दै वातावरणलाई भक्तिमय बनाएका छन्।


महोत्सवमा स्थानीय कलाकार तथा भजन समूहहरुको प्रस्तुति रहेको छ भने श्रद्धालुहरु उत्साहका साथ सहभागी भइरहेका छन्। कार्यक्रमले धार्मिक आस्था बढाउनुका साथै सामाजिक सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकका तर्फ बाट संयोजक पुजन केसीले बताएका छन। महाभैरव भजन तिलोत्तमाले यहि चैत्र ३० गते सोमबार नन्देश्वर महादेव मन्दिर तिलोत्तमा-९ कफिकम्पानी देखि पुर्व कार्यक्रम गर्दै छ भने आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्