लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्यो,विद्यालयमा ट्राफिक सचेतना

IMG

रुपन्देहीजिल्ला ट्राफिक  प्रहरी कार्यालयको आयोजनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ४ स्थित एसओएस बालग्राम लुम्बिनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।उक्त कार्यक्रममा विद्यार्थीहरूलाई सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षण कार्यक्रम यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले सहजीकरण गर्नुभएको थियो।


कार्यक्रममा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक संकेतहरूको महत्व तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो। साथै, विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक नियमको पालना गर्न प्रेरित गरिएको थियो।यस प्रकारका कार्यक्रमले बालबालिकामा प्रारम्भिक चरणमै ट्राफिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


कमेन्ट गर्नुहोस्