
मधवलिया। तिलोत्तमाको एक विद्यालय एक सृजनशिल कार्यक्रम अन्तर्गत पेडागोजी (शैक्षिक विधी र मुल्याङ्कन) सम्वन्धी २ दिने कार्यशाला सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र मधवलिया माध्यमिक विद्यालयको संहकार्यमा तिलोत्तमाको पथ्थरडाँडामा कार्यशाला गोष्ठि सुरु भएको हो ।
मधवलिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने गरी अगाडी बढेको जिकिर गर्नुभयो । नगरपालिकाले सवै विद्यालयलाई शैक्षिक अवसर दिएर विद्यालयहरु विच सकरात्मक प्रतिष्पर्धाको विकास गराउँदै समग्र पालिकाको शैक्षिक प्रणाली (सिस्टम) सुधारका लागि काम गरिरहेकोमा सेन्चुरीले जोड दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य शेरबहादुर कुवंरले जनशक्ति उत्पादन र शिक्षण सिकाईमा कार्यशालाले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गनुभयो । कुवंरले परम्परागत शिक्षण विधीबाट शैक्षिक रुपान्तरण नहुने उल्लेख गर्दै कार्यक्रममा विशेष छलफल हुने बताउनुभयो ।विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु चुँदालीले सिकेको सिकाईलाई बालबालिकामाझ पुर्याएर व्यावहारमा परिवर्तन ल्याउन सुझाव दिनुभएको कार्यक्रमको संचालन सुस्मिता लामिछानेले गर्नुभएको छ । कार्यशालाको सहजीकरण सिनियर स्टियम इडिटर नविन मरासिनी र प्राचार्य शेरबहादुर कुवंरले गर्नुभएको छ । तिलोत्तमाका २१ विद्यालयका ३० जना शिक्षक सहभागी कार्यशाला सोमबारसम्म चल्नेछ ।
कमेन्ट गर्नुहोस्