लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–१७ मा व्यक्तिगत घटना दर्ता शिविर सुरु, ४ दिनसम्म सञ्चालन हुने

IMG

कानपारा। तिलोत्तमा नगरपालिका वडा नम्बर–१७ मा व्यक्तिगत घटना दर्ता शिविर सुरु गरिएको छ। चार दिनसम्म सञ्चालन हुने उक्त शिविरले स्थानीय बासिन्दालाई सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।साबिक गंगोलिया गाविस समेटिएको तिलोत्तमा–१७ भौगोलिक रूपमा फैलिएको ठूलो वडा भएकाले वडा कार्यालयसम्म पुग्न धेरैलाई कठिन हुने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको हो।


वडा अध्यक्ष दान बहादुर चौधरीले आम वडाबासीलाई शिविरको भरपुर सदुपयोग गर्न आग्रह गरेका छन्। उनले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गराउनुपर्ने कानुनी व्यवस्था भए पनि विभिन्न कारणले छुटेका नागरिकलाई शिविरमा उपस्थित भई दर्ता गराउन अनुरोध गरे। वडा अध्यक्ष चौधरीले ब्यानर पढेर गर्नुभएको समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य शोभा राना मगरले टाढाबाट वडा कार्यालय आउनुपर्ने बाध्यता तथा कृषक र मजदुर वर्गले काम छोडेर दर्ता प्रक्रियामा सहभागी हुन नसक्ने अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताइन्।


कार्यक्रमको पहिलो दिन कानपारामा सम्पन्न भएको थियो भने वडा सचिव पूर्णिमा रेश्मीका अनुसार पहिलो दिनमै करिब ५० भन्दा बढी व्यक्तिले व्यक्तिगत घटना दर्ता गराएका छन्। कार्यक्रम ११ गते पिप्रहियामा , १२ गते जमुहानीमा र १३ गते मुडियारिमा हुने र बिहान ९ बजेदेखि ५ बजेसम्म शिविर चल्ने छ। 


शिविरमा वडा सदस्य सन्त बहादुर बस्नेत, राम नरेश लोनिया, पञ्जीकरण शाखाका युवराज तिवारी, मोहन न्यौपाने, दीपक कंडेल तथा टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूले सेवाग्राहीलाई सहजीकरण गरेका थिए।

कमेन्ट गर्नुहोस्