लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु इन्भाइरन्मेंट मणिग्राममा एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित न्यु इन्भाइरन्मेंट माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


विद्यालयबाट यो बर्ष १ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरे भने २३ जना विद्यार्थीले ए+ ग्रेड, २७ जना विद्यार्थीले ए ग्रेड, ३९ जना विद्यार्थीले बी+ ग्रेड र १४ जना विद्यार्थीले बी ग्रेड सहित १०४ जना विद्यार्थी उत्तीर्ण भएका छन । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको भन्दै यो उपलब्धिमा सबै शिक्षक, विद्यार्थी र अभिभावकको साथ, सहकार्य र नियमित अभ्यास हात रहेको बताउनुभएको छ ।


विद्यालयका अध्यक्ष नेत्रलाल वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले यस पटकको नतिजाले विद्यालयको गौरवपूर्ण इतिहास अझ सशक्त बनेको बताएका छन। विद्यालयले केवल किताबी ज्ञान मात्र नभई विद्यार्थीहरुको रचनात्मक क्षमता र सीप विकासमा पनि विशेष ध्यान दिएको बक्तारुको भनाई थियो । शिक्षक तुल्सिराम अर्यालको सन्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, सहप्राचार्य ध्रुव खरेल, नविन ज्ञवाली, ४ जीपीए ल्याउने विद्यार्थी बिनिषा बगाले, सिग्मा देवकोटा, क्रिस रसाइली लगायतले आफ्ना अनुभव र विचारहरु साटासाट गरेका थिए ।

कमेन्ट गर्नुहोस्