लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोरु पिट्दै लखाटेको घटना प्रति तिलोत्तमा गाइजको आपत्ति,निकाल्यो प्रेस बिज्ञप्ति

IMG

बुटवलमा छाडा तथा सडक चौपाया व्यवस्थापन गर्न गोरु पिट्दै लखेटेको घटना प्रति तिलोत्तमा गाइजले दुख प्रकट गरेको छ। कुनै पनि धर्तीमा जीवित प्राणीलाई उअसको आफ्नो बाच्ने अधिकार हुने भन्दै व्यवस्थापनको नाममा सडक बाट चारैतिर घेली पिट्दै दौडाउने प्रबृत्ति तर्फ तिलोत्तमा गाइजको कडा आपत्ति रहेको पुजन केसीले बताए। तिलोत्तमा गाइजको प्रेस विज्ञप्तिमा यस्तो लेखिएको छ।  


प्रेस विज्ञप्ति

मिति: २०८३/०२/०४

स्थान: तिलोत्तमा, रुपन्देही


हाल सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत सार्वजनिक भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेय लगायतको टोलीद्वारा सडकमा रहेका गाई–गोरु तथा पशुचौपायामाथि गरिएको व्यवहारप्रति “Tilottama Guys परिवार ” को गम्भीर ध्यानाकर्षण भएको छ।


निर्वाचनको समयमा सडकमा रहेका छाडा चौपायाको उचित व्यवस्थापन गर्ने, सर्वसाधारणको दैनिक जीवन सहज बनाउने, स्थानीय उद्यमी-व्यवसायीसँग हातेमालो गर्दै नगरलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनमत प्राप्त गर्नुभएको नेतृत्वबाट आज देखिएको कुटपिटपूर्ण तथा अमानवीय व्यवहार अत्यन्त निन्दनीय र खेदजनक रहेको हाम्रो ठहर छ।


पशु व्यवस्थापनको नाममा कुनै पनि जीवमाथि हिंसात्मक व्यवहार गर्नु सभ्य समाज र मानवीय मूल्यविपरीत कार्य हो। विशेषगरी सार्वजनिक पदमा आसीन तथा उच्च जिम्मेवारी वहन गरिरहेको व्यक्तिबाट यस्तो व्यवहार हुनु झन् दुःखद पक्ष हो।


नेपालको प्रचलित कानुन मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपंक्षीमाथि क्रूरता, अनावश्यक कुटपिट वा हिंसात्मक व्यवहार गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ। कानुनको दायराभन्दा बाहिर गई कुनै पनि पशुमाथि दुर्व्यवहार गरिएमा सम्बन्धित पक्ष कानुनी कारबाहीको भागीदार बन्न सक्ने कुरा पनि सम्बन्धित सबैलाई स्मरण गराउन चाहन्छौं।


हामी सम्बन्धित निकायसमक्ष घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता अमानवीय तथा गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन आवश्यक कदम चाल्न जोडदार माग गर्दछौं। साथै, छाडा चौपाया व्यवस्थापनका लागि दीर्घकालीन, मानवीय र वैज्ञानिक उपाय अवलम्बन गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं।


अन्त्यमा, समाजमा मानवीय संवेदना, कानुनी शासन र जीवप्रतिको करुणा कायम रहोस् भन्ने अपेक्षासहित यस घटनाप्रति हाम्रो गम्भीर आपत्ति तथा भर्त्सना व्यक्त गर्दछौं।


भवदीय

Tilottama Guys परिवार 🙏


कमेन्ट गर्नुहोस्