लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनभावना माविमा एसईई पास विद्यार्थीको बधाई तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा–८, दीपनगरमा अवस्थित जनभावना माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । विद्यालयका प्राचार्य शम्भुप्रसाद पराजुलीका अनुसार, ए प्लस सहित उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।


विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले आधुनिक र गुणस्तरीय पठनपाठन अपनाएर अगाडि बढिरहेको उल्लेख गर्दै थप प्रगति र उन्नतिको कामना गरेका छन । सममन तथा स्वागत कार्यक्रममा शिक्षक–कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्