
तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नं. १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन नगर समिति सचिव कृष्ण तिवारीज्यूको संयोजकत्वमा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत रूपमा नयाँ वडा समिति चयन गरेको छ। नवगठित समितिमा सभापती, उपसभापति सचिव, तथा सदस्यहरू गरि ११ जना चयन गरिएको जनाइएको छ। जसको सभापतिमा गुरु प्रसाद बस्याल,उपसभापति रमेश तिमिल्सिना,सचिव सन्तोष पराजुली र सदस्यहरुमा ओम बहादुर सारु , हुम प्रसाद बस्याल,रिता घर्ती क्षेत्री खत्री, लक्ष्मी बस्याल , गोपी कृष्ण गैरे,निर्मल नेपाली, अनिरुद्र प्रसाद थारू,गोमा बस्याल लागायत रहेका छन्।
कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।अधिवेशनमा संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो। नवचयनित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले तिलोत्तमा–१६ मा संगठन विस्तार र जनसरोकारका मुद्दामा सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।
कमेन्ट गर्नुहोस्