लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हिंसावारे वोल्न नसकेकै कारण आत्महत्याका घटनामा वृद्धि ⁻उपप्रमुख जगेश्वर देवी चौधरी

IMG

तिलोत्तमा। लैंगिक हिंसाको केश ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम  सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना ,एकीकृत सेवा पहुँच परियोजना तथा वल्ड बैंकको व्यवस्थापनमा  विभिन्न बाल आश्रम,अनाथ आश्रम,विद्यालय,वडाका जनप्रतिनिधी,बालसंजाल ,सामाजिक संघ सस्था सहभागी तालिम बुधबार तिलोत्तमा ६ मा सम्पन्न भएको हो ।


तालिम समापनको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले हिंसा भयो भनेर वोल्न नसकेका कारण आत्महत्याका घटनामा वृद्धि भएको उल्लेख गर्दै खुलेर बाहिर आउन नगरबासिलाई आग्रह गरेकी छन् । “अझै पनि हिंसा दवाईएको छ, हिंसाका कारण आत्महत्या गरियो भन्ने कुरा बाहिर आउँछ, दोष नगरपालिकालाई लगाईन्छ ,पालिकालाई ,नबोली समस्या थाहा हुदैन हिंसामा परेका जो कोही आउनुस् समाधान हुन्छ उनले भनिन्” ।


चौधरीले हिंसामा परेका व्यक्ति पालिकासम्म पुगेवापत यातायात समेत दिईने गरेको बताईन् । हिंसा नलुकोस नलुकाईयोस भनेर नगरपालिकाले यातायातको व्यवस्था गरेको उनको भनाई छ । उनका अनुसार हिंसामा परेका व्यक्तिको उद्धार तथा पुर्नस्थापनका लागि पालिकामा हिंसा निवारण कोष समेत खडा गरिएको छ । तर हरेक वर्ष उक्त कोषमा रकम विनियोजन गरिएपनि त्यसको दावीका लागि कोही पनि नपुगेको चौधरीको गुनासो छ ।


कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष गणेश पाठकले पालिका कलैंगिकमैत्री नगरपालिकाको परिकल्पनाका साथ अगाडी बढेको सन्दर्भलाई जोडदै हिंसाका घटनाका अविषयमा जनप्रतिनिधीलाई बुझाउनुपर्ने खाँचो औल्याए । जनप्रतिनिधी सवै कुरामा जानकार हुनुपर्छ ,हुन्छ भन्ने आम नागरिकको बुझाई रहने भन्दै उनले हरेक विषयमा जनप्रतिनिधीलाई सहभागी गराउन सके सकरात्मक सन्देश पुग्नेमा उनको जोड छ । साथै उनले तालिममा सहभागीहरु प्रशिक्षकको रुपमा आउन सके तालिम अझै प्रभावकारी बन्न सक्ने बताए ।


तिलोत्तमा नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख संझना भण्डारीले लैंगिक हिंसा सिंगो समाजको साझा समस्या रहेको भन्दै यसमा सम्पुर्ण सरोकारवाला वा आम नागरिकको प्रतक्ष वा अप्रतक्ष सहभागिता जरुरी रहेको बताईन्  ।


तालिममा पुरुष संजालका अध्यक्ष जीवन पाण्डे,सहभागीको तर्फबाट योगमाया कंडेल लगायतले प्रतिनिधीमुलक सहभातिामा कार्यक्रम हुने गरेको अवस्थामा सिकेका कुरा आफनो समुदायसम्म लैजानु सहभागीको दायित्व भएको स्मरण गराए । ३ दिनको तालिमको सहजीकरण लैंगिक हिंसा विज्ञ सपना महर्जनले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्