
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–१६, जुडामा अवस्थित श्री लिटिल स्टार माध्यमिक विद्यालयले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले “हाम्रो विद्यालय, गर्व नतिजा” भन्ने नारासहित सम्मान यात्रा, बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा ४ जीपीए प्राप्त गरेका विद्यार्थी दिवस गौतमलाई नगद रु. ५० हजार, मायाको चिनो तथा खादा सहित सम्मान गरिएको थियो । त्यसैगरी, ३.७४ जीपीए ल्याएका विद्यार्थी अनुकल्प खनाललाई नगद रु. ३ हजारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।यस्तै, ३.६९ जीपीए प्राप्त गरेकी अस्मिता बस्नेत र ३.६७ जीपीए ल्याएका आर्योस बगालेलाई जनही नगद रु. २ हजार ५ सय, मायाको चिनो तथा खादा सहित सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई समेत मायाको चिनो तथा खादा प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलमाया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता तथा समाजसेवी केशव चौधरी प्रमुख अतिथिका रुपमा सहभागी थिए । कार्यक्रममा विद्यालयका प्राचार्य डि.बि. थापा विशिष्ट अतिथि रहेका थिए ।त्यसैगरी, समाजसेवी नारायण गौतम, पूर्व शिक्षक भगवती शर्मा, समाजसेवी देवबहादुर थापा, ईन्द्रबहादुर थापा तथा विष्णु काला मगर अतिथिका रुपमा उपस्थित रहेका थिए।कार्यक्रममा वक्ताहरुले विद्यार्थीहरुको मेहनत, अभिभावकको साथ र शिक्षकहरुको योगदानका कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताएका थिए । साथै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरिएको थियो ।
कमेन्ट गर्नुहोस्