लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने

IMG

काठमाडौँ, चैत १७ गते ।‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सुगममा बसेका विशेषज्ञ चिकित्सक आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फकाउने निर्णय गरेको छ ।


डडेल्धुरा अस्पताल, नारायणी अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालको विशेषज्ञ सेवालाई प्रभावकारी बनाउने उद्देश्यले काज फिर्ता गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्णय अनुसार पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएको छ ।


डडेल्धुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगन्जमा पाँच जना र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन्।

कमेन्ट गर्नुहोस्