
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र उद्धृत गर्नुहुँदै सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गर्नुभएको छ ।उहाँले लेख्नुभएको छ, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्।। हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
कमेन्ट गर्नुहोस्