
मोक्षधाम। तिलोत्तमा नगरपालिका वडा नम्बर १४ ले जनप्रतिनिधिहरुको उपस्थितिमा तिलोत्तमा–६ स्थित मोक्षधाम मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ। करिब एक लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो।वडा अध्यक्ष आश्विन पौडेलको नेतृत्वमा कार्यपालिका सदस्य रवि सेन्चुरी, वडा सदस्य भुपाल सिह छन्तेल,बिष्णुमाया पुन,सन्तबिर चाैधरी, वडा सचिव अनिता शर्मा ज्ञवाली, वडा टोल संजालका अध्यक्ष चक्र प्रसाद पुन, देवी पी न्यौपाने लगायतका स्थानिय प्रतिनिधिहरुको सहभागितामा उक्त सहयोग वितरण गरिएको हो।
सो अवसरमा बोल्दै वडा अध्यक्ष पौडेलले मानव सेवा जस्तो समाजसेवालाई ध्यानमा राख्दै सो सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने जानकारी दिनुभएको छ। उहाँले मानवसेवा आश्रमले गरेको सामाजिक कामको प्रशंशा गर्दै सहकार्य गर्दै अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो।सो अवसरमा बोल्दै कार्यपालिका सदस्य सेन्चुरीले मानवसेवा आश्रममा आएका सडक आश्रित मानवलाई दिएको सेवाको प्रशंशा गर्नुभएको थियो।
सहयोग अन्तर्गत चामल, दाल, तेल, गेडागुडी लगायतका दैनिक उपभोग्य सामग्रीहरू आश्रमलाई प्रदान गरिएको जनाइएको छ। कार्यक्रममा बोल्दै वडा अध्यक्ष पौडेलले मानवसेवा जस्तो पवित्र कार्यमा स्थानीय सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।आश्रमका प्रतिनिधिहरुले वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता पुग्ने विश्वास व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्