
कुञ्जलापुर / तिलोत्तमा नगरपालिकाले एक साताभित्र फुटपाथ खाली गर्न स्थानीय पसल, घरधनी तथा व्यवसायीहरुलाई अनुरोध गरेको छ। नगर प्रमुख रामकृष्ण खाणद्वारा जारी सूचनामा सार्वजनिक स्थानको सहज आवागमन र व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको उल्लेख छ।
फुटपाथ तथा सार्वजनिक सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्री, पसलका सामान तथा संरचना हटाउन निर्देशन दिइएको छ। निर्धारित समयभित्र अतिक्रमण नहटाएमा नगरपालिका नियमअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।नगरपालिकाले सर्वसाधारणको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।सुचनामा यस्तो उल्लेख छ।
कमेन्ट गर्नुहोस्