लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौतारी लोप हुँदै गर्दा तिलोत्तमा–२ को शित्तल चौपारीमा मेयर–उपमेयरसहित जनलहर

IMG

तिलोत्तमा। परम्परागत चौतारी संस्कृतिहरू क्रमशः लोप हुँदै गएको अवस्थामा तिलोत्तमा नगरपालिका–२ स्थित शित्तल चौपारी भने स्वास्थ्य, सामाजिक सद्भाव र सामुदायिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। हरेक दिन बिहान ५ बजेदेखि सञ्चालन हुने जुम्बा नृत्य, व्यायाम तथा शारीरिक कसरत कार्यक्रममा नगर प्रमुख, उपप्रमुखदेखि स्थानीयवासीसम्मको उल्लेखनीय सहभागिता देखिएको छ।


कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, शित्तल चौपारी मूल समितिका संयोजक क्याप्टेन नरबहादुर कार्की, उपसमिति संयोजक तेजेन्द्र पौडेल, वडा नं. २ का अध्यक्ष डिलबहादुर भट्टराई, कार्यपालिका सदस्य सावित्रा आचार्य पन्थी तथा सदस्य डोरबहादुर थापा लगायत टोल bikaas समितिका पदाधिकारी तथा सदस्यहरु तिलोत्तामाका अन्य वडा र बुटवलका आम मानिसहरुको समेत सहभागिता रहेको थियो।


कार्यक्रममा करिब १ हजार ५ सय महिला तथा पुरुष सहभागी भएका थिए। क्षेत्री समाज नेपाल तिलोत्तमाको महिला समूहले पञ्चेबाजा बजाएर कार्यक्रमलाई सांस्कृतिक र उत्साहपूर्ण बनाएको थियो भने तालिमप्राप्त प्रशिक्षकको नेतृत्वमा सहभागीहरूले जुम्बा नृत्य, नियमित व्यायाम तथा विभिन्न शारीरिक कसरत गरेका थिए।


शित्तल चौपारीमा सञ्चालन भइरहेको यो अभियान दिनानुदिन लोकप्रिय बन्दै गएको  र हरेक बिहान सञ्चालन हुने सामूहिक व्यायामले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्फूर्ति, सामाजिक सम्बन्ध विस्तार र स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिलेको नगर प्रमुख रामकृष्ण खाणले बताउनु भएको छ।


बिहानै ४ बजे उठेर तिलोत्तमा-२ मा रहेको शित्तल चौपारी आउनुभएकी उपप्रमुख जगेश्वर देवी चौधरीले सहभागीहरूलाई यस्ता कार्यक्रमले शरीरलाई फिट राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा दैनिक जीवनलाई ऊर्जावान बनाउन महत्वपूर्ण भूमिका खेलेको र सबै उमेर समूहलाई यस्ता स्वास्थ्य प्रवर्द्धन कार्यक्रमहरूमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ।


स्थानीयवासीका अनुसार चौतारीको पुरानो सामाजिक महत्त्वलाई आधुनिक स्वास्थ्य अभियानसँग जोडेर सञ्चालन गरिएको शित्तल चौपारी अहिले तिलोत्तमाको एक नमुना सामुदायिक अभियानका रूपमा परिचित बन्दै गएको छ। जहान नियमित रुपमा जुम्बा नृत्य, नियमित व्यायाम तथा विभिन्न शारीरिक कसरत हुने संयोजक क्याप्टेन नर बहादुर कार्कीले बताउनुभएको छ। 

कमेन्ट गर्नुहोस्