लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या, आईसीयूमा राखेर उपचार सुरु

IMG

धनगढी ।धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । अस्पतालले उनलाई आईसीयूमा राखेर उपचार सुरु गरेको जनाएको छ ।चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले आफ्नो २४औँ अनशन धनगढीको कृष्ण मन्दिरमा सुरु गरेका थिए । अनशनकै क्रममा स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई अस्पताल सारिएको हो ।


डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार उनको शरीरमा सुगरको मात्रा घटेर ५० पुगेको थियो । स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएपछि उनलाई तत्काल धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको हो ।डा। केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न तथा आफ्ना विभिन्न माग सम्बोधन गर्नुपर्ने मागसहित अनशन थालेका हुन् ।

कमेन्ट गर्नुहोस्