लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

IMG

काठमाडौँ, साउन ६ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।


महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा साधारणतया र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।


भोलि बिहीबार र पर्सी शुक्रबार देशभर साधारणतया बदली रहनेछ। दुई दिन हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।


यसै गरी, पर्सी शुक्रबार बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्