लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अवसरवाद को आवरणमा लुकेको चरित्रले सिध्याएको माओवादी आन्दोलन

IMG

माओवादी आन्दोलन कुनै क्षणिक आवेगको उपज होइन यो त इतिहासको गर्भ बाट जन्मिएको, सहिद हरू को रगतले अभिषिक्त, जनताको पीडाले सिञ्चित र बलिदान को अग्निपरीक्षा बाट खारियर निस्किए को एक ज्वालामुखी सत्य हो। तर विडम्बना यही ज्वालामुखीको तापबाट तातेर आफ्नो अस्तित्व जोगाउनेहरू आज त्यसैलाई शीतल बनाउने षड्यन्त्रमा तल्लीन छन्।


युद्धको आँधी चल्दा, बन्दुकको नाल गर्जिँदा, र जेलका कालकोठरीहरू कराउँदा यी अवसरवादी चरित्रहरू कुन अँध्यारो कुनामा लुकेका थिए ? उनीहरू मौनताको खोल ओढेर, स्वार्थको गर्भमा लुकेर, समयको प्रतीक्षामा बसेका थिए। तर, शान्तिको नाममा सत्ता आयो, अवसरको द्वार खुल्यो, सुविधा र वैभवले आमन्त्रण गर्‍यो त्यही क्षण यी लुकेका छायां हरू “क्रान्तिकारी” को मुखुण्डो लगाएर मञ्चमा प्रकट भए।


आज, जब आन्दोलन माथि चौतर्फी घेराबन्दी छ, जब आलोचनाको वर्षा भइरहेको छ, जब सिद्धान्त र मूल्यहरू कठघराबाट गुज्रिरहेका छन् त्यस बेला साँचो कार्यकर्ता अग्रपङ्क्तिमा उभिएको छ। तर यी स्वार्थका सौदागरहरू भने अझै मौन छन्, किनकि उनीहरूको आवाज विचारबाट होइन, अवसरबाट निर्देशित हुन्छ फेरि कुन दल को दलाल बन्ने भन्ने नापतौल मा छन।


झन् घृणित पक्ष के छ भने यिनै अवसरवादी प्रवृत्तिका कम्युनिष्ट खोलधारी हरु, आज इमान्दार, समर्पित र संघर्षशील कार्यकर्ता हरु माथि खसिटिउरी गर्न,अपमानको विष बर्साउन र उनीहरूको योगदानलाई अवमूल्यन गर्न उद्धत छन्। यो केवल व्यक्ति माथि को प्रहार होइन यो त आन्दोलन को आत्मा माथि घात र आक्रमण हो।


प्रचण्ड को नेतृत्वमा विकसित भएको यस आन्दोलनलाई कमजोर पार्ने बाहिरी शक्ति मात्र होइनन पार्टी आन्दोलन भित्रैबाट पलाएका यस्ता अवसरवादी क्यान्सरहरू अझ घातक सावित भएका छन् 

पटक पटक घोका दिएर बलिदानी पुर्ण आन्दोलन लाइ खेलौना बनाएर, आआफ्ना झुण्ड मुण्ड बनाएर रगत संग साटिएको सिगो उपलब्धि लाइ घारासाही बनाउने आफ्नै घमिरा हरु का महल ढाल्ने बेला पनि धेरै कुर्ने होइन । पटक पटक जनता र कार्यकर्ता को विश्वासलाई धोका दियो, राज्यको ढुकुटीलाई आफ्नै पसिनाजस्तै सम्झियो खर्च गर्‍यो, अनि नैतिकताको चिहानमा फूल चढाउँदै हाँस्यो। तर आश्चर्य! प्रत्येक घोका पछि उसलाई सजाय होइन, “क्षमा” को फुलमाला प्राप्त हुन्थ्यो। उ असक्षम हुँदा पनि, उसकै हातमा फेरि नेतृत्व को पगरी सुम्पिन्थ्यो मानौँ उस्को अवसरवाद होइन, योग्यता हो। जाहा गल्ति लाइ आलोचना होइन सम्झौताको चिया पिलाइन्छ जहाँ लाजले होइन, लाभले निर्णय गर्छ। 

कति सहने अझै 

कति पटक आफ्नै घाउमा नुन छर्किएर पनि “संयमता ” को गीत गाउने 

इमान्दार कार्यकर्ता सधैं किन मौन बस्ने जबकि राजनैतिक बिचौलियाको हाँसो दिनदिनै झन् निर्लज्ज बन्दैछ


त्यो नैतिक पतन बिचौलिया जो प्रत्येक असफलताको जड हो आज पनि मञ्चको अगाडि उभिएको छ, पुरस्कारको माला बोकेर 

र उता, पसिना बगाउने कार्यकर्ता, सिद्धान्तमा अडिग रहने आत्मा छायामा थन्किएको छ, मानौँ उसको इमान्दारिता नै अपराध हो।


यो मौनता अब सहनशीलता होइन, आत्मसमर्पण हो।

यो क्षमा अब उदारता होइन, अन्यायको मलजल हो।

जब यस्ता बेइमान हरुलाइ लाई पुन उचालिन्छ,

त्यो क्षणदेखि निर्दोषको धैर्यता नै दोषी बन्छ।

इमान्दार कार्यकर्ताले अब आफैलाई सोध्नुपर्छ 

“म कहिलेसम्म सहने 

मेरो मौनताले कस्को शक्ति बढाउँदैछ?”

यदि आज पनि आवाज उठेन भने,

भोलि इतिहासले लेख्नेछ

“उनीहरू हारेर होइन, चुप लागेर पराजित भए।”

अब समयको माग अनुसार स्पष्ट बेला आएको छ 

इमान्दार कार्यकर्ता ले आफ्नो आवाज उठाउनु पर्छ 

मौनताको जञ्जाल तोड्नुपर्छ,

अवसरवादको आवरण च्यात्नुपर्छ,

र साँचो क्रान्तिको मशाल पुन प्रज्वलित 

गर्नु पर्छ


जो संघर्षमा लुके,

जो आलोचनामा मौन रहे,

र जो उपलब्धिमा मात्र गर्वले उफ्रिए 

पार्टी लाइ अफ्ठ्यारो पर्दा खुलेर बोल्न सकेनन

तिनीहरू क्रान्तिका सन्तान होइनन्, स्वार्थका व्यापारी हुन् तिनि हरु हाम्रो प्रेरणा भित्र का होइन व्वांसा हरु हुन ।


इतिहास निष्पक्ष हुन्छ, निर्मम हुन्छ

र उसले कुनै पनि आवरण भित्र लुकेको सत्यलाई अन्तत उजागर गर्छ

त्यसैले चेतावनी दिऔँ

क्रान्तिको नाममा अवसरवादको व्यापार गर्नेहरू,

इमान्दार कार्यकर्ताको आत्मसम्मान माथि खेल्नेहरू

तिमीहरूको समय अब समाप्त हुँदैछ,

तिमी हरु लाइ इतिहास ले कदापि माफ गर्ने वाला छैन,,,। अब फेरि त्यहि जगमा टेकेर उठनु पर्छ जहा बिचौलिया होइन इमान्दार क्रान्तिकारी योद्वा हरु को नेतृत्व हुने छ ।

-लेखक - सुजित बि.क.

कमेन्ट गर्नुहोस्