लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शीर्षक : नेपाल के कम छ र

IMG

छन्द : शार्दूलविक्रिडित 


गाँजा भाङ्ग चरेसको प्रगतिले नेपालभो सुन्दर ।

नेपालै भरि खोलीने पसलमा राखिन्छ आफ्नै दर।।

खाली छैन सुरा कुनै पसलमा व्यापार ठुलै छ र।

पालीन्छन् कति सुन्दरी पसलमा नेपाल के कम छ र।।


नेपाली महिला दिदी र बहिनी निर्यात् हुन्छन जहाँ।

बेची देह विदेशमा त अरवौ सम्पत्ति लिन्छन् उहाँ।।

ठुलै गौरब मानिदै छ अहिले चिन्ता लिने को छ र।

हाम्रो देश समान देश छ कहाँ नेपाल के कम छ र।।


इच्छापूर्ण भयो मिले त सजिलै भन्सारको नोकरी।

एकै बर्ष नभई बने महलनै थैला सुनौला भरी।।

झ्याप्पै निभ्न सिपालु हुन्छ विजुली पानी विनाको कर।

तिर्नै पर्छ पचास तीस बदला नेपाल के कम छ र।।


नेपाली उपभोग्य बस्तुु जतिछन् दुब्लाउछन् छिन् छिन।

बढ्दो चन्द्रकला समान दरता मोटाउछन् दिनदिन।।

डोकामा रुपिया लिइ पसलमा लैजान पर्नै छ र।

किन्दा माल त इत्तिमात्र हुने हो नेपाल के कम छ र।।


कोशी वागमती नदी नदहरु नारायणी गण्डकी ।

कर्णाली अनि राप्ती हिमनदी राख्यौ सबै बन्धकी।।

हाम्रै भूमि मिचि निकाल्न विजुली जस्ले बनायो घर।

सम्झौता गरियो उसैसित झुकि नेपाल के कम छ र।।


लेखक÷ विकास ज्ञवाली (अविरल यात्री)

कमेन्ट गर्नुहोस्