लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकारहरुलाई क्षमता विकास तालिम तिलोत्तमामा सम्पन्न

IMG

ड्राइभरटोल। रुपन्देहीको तिलोत्तमामा क्रियाशिल तिलोत्तमा मिडिया क्लवको आयोजनामा सोमबार पत्रकारहरुको क्षमता विकास कार्यक्रम तिलोत्तमाको ड्राइभरटोलमा सम्पन्न भएको छ ।कार्यक्रममा तिलोत्तमा क्षेत्रमा बसोबास गर्ने तथा यहाँका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता ः भाषा र शैली सिद्धान्त र हाम्रो अभ्यास विषयमा सहजीकरण गर्नुभएको थियो । पत्रकारहरुको भाषिक दक्षता अभिवृद्धिका लागि क्लवले तिलोत्तमा नगरपालिकाको सहयोगमा क्षमता विकास कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिका सधै प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो । संघीय सरकारले ल्याएका सबै नीति नियम र निर्णय कार्यान्वयन गर्न स्थानीय सरकारले नसक्ने चर्चा गर्दै नगर प्रमुख खाणले जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।


यस्तै उपप्रमुख जगेश्वरी देवि चौधरीले पत्रकारिता जिम्मेवार पेशा भएकोले यस्ता कार्यक्रमले पत्रकारको दक्षता अभिवृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले वर्तमान सरकारले सञ्चारमाध्यमप्रति विभेदकारी नीति लिएको चर्चा गर्दै यसका विरुद्ध सबै पत्रकारहरुले बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले संघीय सरकार मिडियाप्रति अनुदार देखिएको वर्तमान अवस्थामा स्थानीय मिडियालाई जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताउनुभयो ।क्लवका अध्यक्ष बीपी गौतमको अध्यक्षता, सचिव कल्पना तिवारीको सञ्चालन एवं उपाध्यक्ष टिआर शर्माको स्वागतमा कार्यक्रम भएको हो ।

कमेन्ट गर्नुहोस्