लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

tillotmacitynews - 2022 Sep 19 08:42 AM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज ३।  बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ ।अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेकाे किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् ।


बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । विश्वका शीर्ष नेताहरु एकैपटक लण्डनमा भेला भएको यो दशकौँपछिको संयोग पनि हो ।झण्डै ७ दशक शासन गरेकी महारानी एलिजाबेथको गएको भदौ २४ गते निधन भएको थियो । आज बेलायतमा सार्वजनिक बिदाको घोषणा गरिएको छ । महारानीको निधनलगत्तै बेलायतमा केही कार्यक्रमहरू स्थगित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्