
शंकरनगर। क्षेत्री समाज नेपाल तिलोत्तमा नगर समिति रुपन्देहीको सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शंकरनगरको वनवाटिकामा शनिबार सातौ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।
क्षेत्री समाज नेपाल तिलोत्तमा नगर समिति अध्यक्ष रुपा खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बोल्दै क्षेत्री समाजका अग्रजहरुले समाज र देशविदेशमा गरेको योगदानको प्रशंसा गर्दे शाहस,नेतृत्व,सीप,क्षमता र राष्ट्प्रतिको सर्मपणको निकै ठुलो महत्व रहेको बताउदै नगरपालिका सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा क्षेत्री समाज नेपालमा वरिष्ठ उपाध्यक्ष लेख बहादुर कार्की,जिल्ला अध्यक्ष गुप्त बहादुर के,सी, तिलोत्तमा नगरपालिकाका वडा नम्बर दुईका वडा अध्यक्ष दिल बहादुर भट्टराई,सल्लाहकार रामकुमार के,सी,धन बहादुर खड्का,मिलन बस्नेत लगायतले बोल्दै समाजले गरेको कार्य र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभयो ।कार्यक्रममा अध्यक्ष रुपा खत्री क्षेत्रीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष उमाशंकर क्षेत्रीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत उपाध्यक्ष तेज बहादर कार्कीले गर्नुभएको र कार्यक्रमको संचालन सचिव रिक बहादुर खत्रीले गर्नुभएको थियो ।कार्यक्रममा ८० वर्षमाथिका ५५ जना जेष्ठ नागरिक र समाजलाई आर्थिक सहयोग गर्ने दाता समेत सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्