लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'डा. केसीको स्वास्थ्य नाजुक बनिसक्यो, तत्काल माग सम्बोधन गर'-साझा पार्टी

IMG

साझा पार्टीले २२ दिनदेखि अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएकाले उनीसँग वार्ता गरेर माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। गरीब र निमुखा नागरिकका लागि डा. केसी अनशन बस्दै आएको भन्दै साझा पार्टीले यसपटकको १९औं अनशनमा उठाएका माग नाजायज भए सरकारले आम जनतालाई व्याख्या गर्नुपर्ने र होइन भने माग पूरा गर्नुपर्ने बताएको छ। डा. केसीले २०६९ सालमा पहिलो अनशन शुरु गरेको र विभिन्न दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि उनी उस्तै माग राखेर बारम्बार अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझाका सह-प्रवक्ता शरदराज पाठकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


"वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी ६ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रूर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन", विज्ञप्तिमा भनिएको छ, "कुचोले बढार्नुपर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस् भने झैं रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा. केसीलाई मार्नै खोजेको हो?"सरकारी बेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने भन्दै साझा पार्टीले सचेत पनि गराएको छ।

कमेन्ट गर्नुहोस्