लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

IMG

काठमाण्डौ - सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ ।त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।


जीतसँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ। पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर छ । दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोजबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ । 

कमेन्ट गर्नुहोस्