लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो डिएमसी कप :शुक्रबारको ३ खेलमा सम्झना,ओमसतिया र सयपत्री बिजयी

IMG

केवलानी। रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा गत शनिबारदेखि शुरु चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा सम्झाना एफसी, ओमसतिया एफसी र सयपत्री एफ सी बिजयी भएका छन्।


गौतम बुद्ध मावि केवलानीको खेलमैदानमा जारी प्रतियोगिताको  शुक्रबार सम्पन्न तीन खेलहरुमा सम्झना परिवारले डिएमसी सेतोलाई ट्राईब्रेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै बिजयी भएको छ भने,दोस्रो खेलमा ओमसतिया एफसीले तिलोत्तमा भेट्रान्सलाई ० का बिरुद्ध ४ गोल गरेको छ , त्यसो त आजै सम्पन्न तेस्रो खेलमा सयपत्री एफसीले ब्रोदर सोकर एफसीलाई ट्राइब्रेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै विजयी भएको हो । खेलमा बराबरी भएपछी पहिलो र अन्तिम खेलमा ट्राइब्रेकर भएको थियो ।प्रतियोगिताको पहिलो खेलमा सम्झना परिवारका  महेन्द्र थापा म्यान अफ द म्याच बने भने दोस्रो खेलमा ओमासतियाका अस्मित शर्मा र अन्तिम खेलमा सयपत्रीका अविन गुरुङ म्यान अफ द म्याच बनेका थिए । 


आउँदो कार्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल आयोजक क्लबका अध्यक्ष छवी श्रीसले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।खेल मंगलापुर चोक देखि २ किलोमिटर पुर्व साइड विद्यालयको खेल मैदानमा भैरहेको छ । भोलीको पहिलो खेल दिउसो १ बजेबाट शुरु हुने छ ।

कमेन्ट गर्नुहोस्