
तिलोत्तमा। नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न शहरसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको ‘रोयल ब्लु कमेडी उत्सव २०८३’ कार्तिक १३ गते अर्थात शुक्रबारदेखि सुरु हुँदैछ । कात्तिक १३ गतेदेखि १९ गतेसम्म चल्ने यो उत्सव नेपालगन्जबाट सुरु हुन लागेको हो ।
ग्लेज इन्टरटेनमेन्टको आयोजनामा हुने उत्सवमा हास्यकलाकारहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीको प्रस्तुति रहनेछ। स्थानीय दर्शकलाई आफ्नै शहरमा लोकप्रिय कलाकारसँग रमाउने अवसर दिनु कार्यक्रमको उद्देश्य हो । आयोजकका अनुसार उत्सवले देशभर मनोरञ्जनका विविध कार्यक्रमप्रति दर्शकको आकर्षण बढाउनुका साथै नेपाली कमेडी संस्कृतिलाई थप जीवन्त बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार नेपालगञ्जमा बुधबार अपराह्न साढे ५ बजे उत्सव सुरु हुनेछ भने बुटवलमा कात्तिक १३ गते होटेल पौवा र चितवनमा कात्तिक १४ गते होटेल पौवाको सभाहलमा प्रस्तुति रहनेछ । यस्तै कात्तिक १५ गते पोखरामा, १७ गते बर्दिबासमा गौतम होटेलमा र १९ गते इटहरीमा लायस कम्युनिटी हलमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।उत्सवको टिकट ईसेवा एपमार्फत खरिद गर्न सकिनेछ ।
कमेन्ट गर्नुहोस्