लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौथो डिएमसी कप :शनिबारको सेमीफाइनल खेलमा सम्झना र सयपत्रीको जित,फाइनलमा भिड्ने

IMG

केवलानी। रुपन्देहीको पुरानो क्लब मध्ये एक दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा गत शनिबारदेखि शुरु चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फ़ाइनालिस्ट तय भएको छ । शनिबार सम्पन्न खेलमा सम्झाना एफसीले दल्का एफसी भलवारीलाई १ का बिरुद्ध २ गोल र सयपत्री एफसीले ओमसतिया एफसीलाई पनि १ का बिरुद्ध २ गोल गर्दै फाइनल खेलका लागि आफ्नो सिट सुरक्षित गरेका छन्।


गौतम बुद्ध मावि केवलानीको खेलमैदानमा जारी प्रतियोगिताको  शनिबार सम्पन्न अन्तिम २ सेमी फ़ाइनल खेलमा सम्झना परिवारले निर्धारित समयमा दल्कालाई १ का बिरुद्ध २ गोल गर्दै बिजयी भएको छ भने,खेलमा दल्का एफसीको तर्फबाट निशान क्षेत्रीले १ गोल गरेका थिए भने बिजयी हासिल गरेको सम्झना परिवारको तर्फबाट अंकित राजकोटी  र निखिल नेपालीले गोल गरेका हुन् । दोस्रो सेमिफाइनल खेलमा ओमसतिया एफसीलाई १ का बिरुद्ध २ गोल गर्दै सयपत्रीले आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलमा सयपत्री एफसीको तर्फबाट सुरज गुरुङ र अञ्जन गुरुङले १ /१ गोल गरेका थिए भने ओमसतिया एफसीको तर्फबाट मात्र १ गोल सरोज थापाले गरेका थिए । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सम्झना परिवारका रोशन थापा म्यान अफ द म्याच बने भने दोस्रो तथा अन्तिम सेमी फाइनल खेलमा सयपत्रीका अन्जन गुरुङ म्यान अफ द म्याच बनेका थिए । 


आउँदो कार्तिक १६ गते सोमबार फाइनल खेल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल आयोजक क्लबका अध्यक्ष छवी श्रीसले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल अझै मनोरन्जनात्मक हुने बताउदै आयोजक डीएमसीले सबै दर्शकलाई सो दिन दिउसो ३ बजे मंगलापुर चोक देखि २ किलोमिटर पुर्व साइड विद्यालयको खेल मैदानमा उपस्थित भै खेलको शोभा बढाइदिनुहुन सबै स्थानियबासीहरुमा आग्रह समेत गरेको छ । 


कमेन्ट गर्नुहोस्