लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वतर्फ चिरञ्जीवी बस्यालको यात्रा

IMG

रुपन्देही । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेका तिलोत्तमाका युवा नेता चिरञ्जीवी बस्याल नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ३४ वर्षीय बस्याल युवा पुरुषतर्फ लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । बस्यालले गिर्वाण स्कुलबाट २०६२ सालमा नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका थिए।


त्यसपछि राममणि बहुमुखी क्याम्पसको नेविसंघ इकाई सचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेका उनी नेविसंघको केन्द्रीय सदस्यसमेत भइसकेका छन्। विद्यार्थी राजनीतिमा लामो समय सक्रिय रहेपछि पछिल्लो समय उनी नेपाली कांग्रेसको पार्टी राजनीतिमा सक्रिय हुँदै आएका छन्।युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै बस्यालको राजनीतिक यात्रा पार्टीको मूलधारतर्फ थप अघि बढेको छ ।

कमेन्ट गर्नुहोस्