लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा गुल्मीका पन्थको मृत्यु

IMG

बुटवल । सिद्धबाबा नजिकको भिरबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु  भएको छ ।आइतबार दिउँसो साढे १ बजेको समयमा तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रि भई सडकबाट खसेको थियो ।


दुर्घटनामा परी गुल्मीको छत्रकोट पाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज पन्थको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।दुर्घटनाबाट गम्भीर घाइते भएको पन्थको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। डिएसपी भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस्