
तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा प्रहरीले गोली चलाएर एक जनालाई पकिराउ गरेको छ । तिलोत्तमा १७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० चक्रहवा जंगलबाट बालिकालाई सकुशल उद्धार गरेको थियो ।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा थारुको घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्