लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विकासका पर्यायवाची, कांग्रेसका अथक योद्धा गणेश पाठक

IMG

रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा रुपन्देही क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार गणेश पाठकले पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।


स्थानीय तह तिलोत्तमा नगरपालिकाको बिकास र आफ्नो वादको भब्य बिकाससंगै पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय पाठकलाई कार्यकर्तामाझ निरन्तर खटिने र संगठन निर्माणमा योगदान पुर्‍याउने नेताका रूपमा चिनिन्छ। तिलोत्तमा मात्रै होइन उनको खटाईले यस क्षेत्रमै बिकासको बिजारोपण गर्दै विकास निर्माणका सवालमा समेत निरन्तर आवाज उठाउँदै आएका पाठकले जनताको आवश्यकता र पार्टी संगठनबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।


पार्टीभित्रको एकता, कार्यकर्ताको सम्मान र जनताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्ने उनको प्रतिबद्धता छ। लोकतान्त्रिक मूल्य, विधि र विधानको सम्मान गर्दै कांग्रेसलाई अझ बलियो र जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको पाठकको भनाइ छ।“पार्टीलाई बलियो बनाउन कार्यकर्ताको भावना, जनताको आवश्यकता र संगठनको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” पाठकले भने।


रुपन्देही क्षेत्र नं. २ का कांग्रेस कार्यकर्तामाझ लामो समयदेखि सक्रिय पाठकले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन्।विकास निर्माणप्रतिको सक्रियता र पार्टी संगठनप्रतिको निरन्तर योगदानका कारण पाठकले आफ्नो उम्मेदवारीलाई “कार्यकर्ताको आवाज र विकासको पक्षमा समर्पित एक विकासप्रेमी युवा र कांग्रेसको अथक योद्धा प्रतिनिधित्वका रूपमा प्रस्तुत गरेका छन्।उनले क्षेत्रिय निर्वाचनमा आफुलाई रुपन्देही क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका बिजयी गराउन सबैमा अनुरोध समेत गरेका छन्। 

कमेन्ट गर्नुहोस्