लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान सहकारी पत्रकारिता पुरस्कार मिलन गाहालाई

IMG

तिलोत्तमा। जनउत्थान पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार मिलन गाहा (यम ) सम्मानित भएका छन् । सहकारी प्रबर्द्धन तथा संरक्षण क्षेत्रमा योगदान पुर्याएको भन्दै उनलाई नगद १५ हजारसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा, १५ कोटिहवा, रुपन्देहीले २१ औं निर्णय प्रमाणित साधारण सभाको अवसर पारेर उनलाई सम्मान गरेको हो ।


रुपन्देहीको तिलोत्तमा नगरपालिका, ड्रीमल्याण्डस्थित सभाहलमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका माननीय सांसद ज्ञानु पौड्याल तथा विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपाध्यक्ष र सहकारी अभियान्ताहरुमाझ गाहालाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।विगत साढे २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल मिलन गाहा मेचीकाली  दैनिक, नेपाल टेलिभिजन, फ़ोनिज लगायतका संस्थामा आबद्ध छन् । 


कमेन्ट गर्नुहोस्