लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान पटाकसार सेवाकेन्द्रमा २१ बार्षिक साधारण सभा भब्य बन्यो

IMG

कटैया। जनउत्थान साकाेसकाे २१ओैँ सेवा केन्द्र स्तरीय वार्षिक साधारणसभा पटाकसार सेवा केन्द्रले ठुटिपिपलको हाटबजारमा सम्पन्न गरेको छ ।सेवा केन्द्रकी संयोजक सरु रानाको अध्यक्षता तथा ओमसतिया गाउँपालिका वडा नम्बर-१ का अध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा विशिष्ट अतिथिको रुपमा रूपन्देही बचत संघका सञ्चालक सदस्य भानुभक्त पौडेल, रुपन्देहीका पूर्व सहायक सिडियो तथा कानुन व्यवसायी अयोध्या प्रसाद भण्डारी, साकोसका सल्लाहकार यम बहादुर थापा,  जनउत्थान जेष्ठ सदस्य स्याहार केन्द्रका सञ्चालक सदस्य गंगा थापा,उपसमिति सदस्य केश बहादुर थापा, उपसमिति सदस्य यम बहादुर केसी  लगायतले संस्थाले यस वर्ष पनि एक्सेस सिल्भर ब्रान्ड प्राप्त गरेकोमा बधाई तथा शुभकामना दिएका थिए ।


वार्षिक साधारण सभाका अवसरमा एसईई उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थी तथा विभिन्न पदवी प्राप्त गर्ने सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। सदस्य तथा परिवारका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दा उनीहरूलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरिएको थियो।कार्यक्रममा सदस्य चिट्ठा कार्यक्रम समेत आयोजना गरिएको र सो चिट्ठा कार्यक्रममा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। 


संस्थाका पटाकसार सेवा केन्द्रका संयोजक सरु रानाले जनउत्थान साकोस सदस्यहरूको साझा संस्था भएकाले यसको प्रगति र सुदृढीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।उहाँले सदस्यको आर्थिक उन्नति, संस्थागत सुशासन र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर संस्था अगाडि बढिरहेको जानकारी समेत दिनुभयो। 


सरु रानाको अध्यक्षता तथा मुना बुढाको स्वागत मनतव्य र मनु छन्तेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सहकारीका सदस्य, पदाधिकारी, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न साधारण सभाले संस्थाको आगामी कार्यदिशा र सदस्यकेन्द्रित सेवाका विषयमा समेत छलफल गरेको थियो।साकोसले आफ्ना १० वटै शाखामार्फत आजकै दिन एउटै समयमा सबै शाखाको आयोजनामा रुपन्देहीका अन्य ठाउँमा समेत बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 


कमेन्ट गर्नुहोस्