
तिलोत्तमा । २४औँ लिस्नु कप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा झरना स्पोर्ट्स क्लब कुञ्जलापुरलाई पराजित गर्दै कपिलवस्तु–११ सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार तिलोत्तमा–१५ स्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा कपिलवस्तु–११ ले झरना स्पोर्ट्स क्लबलाई ५–३ गोलअन्तरले पराजित गरेको हो।फुटबलको अन्तिम तिर लोक तथा ब्याटल गायिका प्रिती आलेको उपस्थितिले दर्शकमा रौनक छाएको थियो।
खेलको दोस्रो हाफमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको झरना स्पोर्ट्स क्लबले पटक–पटक आक्रमण गरे पनि गोलमा परिणत गर्न सकेन। कपिलवस्तु–११ ले भने प्राप्त अवसरलाई सदुपयोग गर्दै जित आफ्नो पक्षमा पार्यो।खेलमा उत्कृष्ट प्रदर्शन गरेका कपिलवस्तु–११ का जर्सी नम्बर १७ का मनीष पौडेल ‘म्यान अफ द म्याच’ घोषित भए।प्रतियोगिता अन्तर्गत सोमबारको भोलिको खेल आयोजक लिस्नु युवा क्लब र एप्पल गुरु सुर्यपुर एफ सी कालिका चितवनका बीच हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले रु. ३ लाख ५१ हजार १११ तथा उपविजेताले रु. २ लाख १ हजार १११ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई व्यक्तिगत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल सोमबार सूर्यपुरा एफसी र आयोजक लिस्नु क्लबबीच हुनेछ।
कमेन्ट गर्नुहोस्