लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समपुर्णलाई पछि पार्दै मोनस्टर गाइज बिजयी :२४औं लिस्नु कप

IMG

कोटिहवा । निकै प्रतिश्प्रधात्मक बनेको कोटिहवा रुपन्देहीमा जारी प्रतिष्ठित २४औं लिस्नु कपको क्वाटरफाइनलमा मोनस्टर गाइज प्रवेश गरेको छ ।शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ मोनस्टर गाइजले  समपुर्ण युवा क्लब सुपौलीलाई २–१ को अन्तरले हराउँदै  क्वाटरफाइनलमा प्रवेश गरेको  हो।खेलमा बिदेशी खेलाडी मोनस्टरका शिला म्यान अफ द म्याच बने ।पहिलो हाफ सम्म १ -० को अन्तर भएको खेलमा दोस्रो हाफमा मोनस्टरले १ गोल थप्यो भने समपुर्णले पनि १ गोल गरेको थियो।  


प्रतियोगिता अन्तर्गत असोज ३ गते शनिबारको  खेल नवयुवा खेलकुद तथा संस्कृतिक परिवार, पडसरी र देवदह ब्वाइज, देवदहबीच हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिए । लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही असोज ११ गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्