लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–९ को कांग्रेस सभापतिमा दुर्गा प्रसाद पाण्डे निर्वाचित

IMG

तिलोत्तमा । नेपाली कांग्रेस तिलोत्तमा नगर कार्यसमितिअन्तर्गत वडा नम्बर ९ को १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा सभापतिमा दुर्गा प्रसाद पाण्डे निर्वाचित भएका छन्।अधिवेशनबाट उपसभापतिमा सुकदेव बस्याल, महिला उपसभापतिमा तुलसा पाण्डे, सचिवमा देवराज पोख्रेल र सहसचिवमा आकृति पराजुली निर्वाचित भएका छन्।त्यस्तै सदस्यहरूमा अमृता भट्टराई, अरुणा राना, भगवती दर्जी, नवराज भण्डारी, सन्दिप सुवेदी, विष्णुहरि पाण्डे, जीवन सुवेदी, अर्जुन पाण्डेलगायत निर्वाचित भएका छन्।


अधिवेशनमा नेपाली कांग्रेस प्रदेश कार्यसमिति सदस्य हरि न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै न्यौपानेले युवाहरूको नेतृत्व र सक्रियताले आगामी दिनमा कांग्रेसलाई थप मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।अधिवेशनको निर्वाचन मण्डलका संयोजक बाबुराम भण्डारी रहेका थिए भने बिशिष्ठ अतिथिको रुपमा विशिष्ट अथिती महासमिति सदस्य गणेश शर्माको उपस्थिति रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा निर्वाचित गरेपछि नव निर्वाचित अध्यक्ष पाण्डेयले वडा तहमा नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने र स्थानिय तहमा कांग्रेसलाई बलियो बनाउन आफु लागि पर्ने बताउनुभयो। 

कमेन्ट गर्नुहोस्