लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

IMG


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ ।एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो ।


एसईई नतिजा : कति विद्यार्थीले ल्याए कति जीपीए ?

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ जनाले जीपीए ३.६० देखि ४.०० सम्म ल्याएका छन्।जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी छन्।२.४० देखि २.८० सम्म ५५ हजार ९७७, २.०० देखि २.४० सम्म ५ हजार १९० र १.६० देखि २.०० सम्म ७ जना विद्यार्थी छन्।

२८ वैशाख, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।बोर्डले सोमबार साँझ प्रकाशित गरेको नतिजा अनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् ।त्यस्तै, त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ ।५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् ।जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।


एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

एसईईमा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए।१ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २१ हजारले कम हो।माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो ।नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए ।२०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।


कसरी हेर्ने नतिजा ?

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)

–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)

–एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)


वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np

–नेपाल टेलिकम: www.see.ntc.net.np

–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com

–इडियु सञ्जाल: www.see.edusanjal.com

–खल्ती: https://khalti.com/app

कमेन्ट गर्नुहोस्