
मणिग्राम। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम विश्राम बाटिकाले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विविध सामाजिक तथा मानवीय कार्यक्रम आयोजना गर्दै विशेष रूपमा मनाएको छ।समाजप्रति उत्तरदायी संस्थाको पहिचान बनाउँदै आएको विश्राम बाटिकाले यस वर्ष पनि रक्तदान, बृहत सरसफाई, गौ–खाद्यान्न सहयोग लगायतका कार्यक्रम सञ्चालन गरेको हो।
चौथो वार्षिकोत्सवको अवसरमा आयोजित बृहत सरसफाई कार्यक्रम अन्तर्गत मणिग्राम चोकदेखि शंकरपुर चोकसम्म तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको थियो। सडक किनारमा फालिएका प्लाष्टिकजन्य फोहोर, झारपात तथा अन्य फोहोर संकलन गरि वातावरण स्वच्छ बनाउने अभियान सञ्चालन गरिएको आयोजक होटलले जनाएको छ। कार्यक्रममा होटलका कर्मचारी संगै शुभेच्छुकहरु, युवा, सामाजिक अभियन्ता गरी करिब ६० भन्दा बढीको सहभागिता रहेको थियो।
विश्राम बाटिकाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कार्यक्रम आयोजना गरेको बताइएको छ। सरसफाई अभियानसँगै आयोजित बृहत रक्तदान कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्त अभावलाई न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा धेरैले स्वेच्छिक रूपमा रक्तदान गर्नुभएको थियो।
त्यसैगरी, वार्षिकोत्सवकै अवसर पारेर तिलोत्तमा गौशालामा गौ–खाद्यान्न सहयोग समेत गरिएको विश्राम बाटिकाका म्यानेजर सुरज खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा सामाजिक सेवामा संस्थाको सहभागिता बढाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।
स्थानीयवासीहरूले समेत विश्राम बाटिकाले व्यवसायसँगै सामाजिक कार्यलाई जोड्दै उदाहरणीय काम गर्दै आएको बताएका छन्। वातावरण संरक्षण, मानवीय सेवा र धार्मिक–सामाजिक क्षेत्रमा संस्थाले देखाएको सक्रियताले समुदायमा सकारात्मक प्रभाव परेको सहभागीहरूको भनाइ थियो।कार्यक्रममा आफ्नो धारणा राख्दै म्यानेजर सुरज खड्काले सार्वजनिक स्थानको सरसफाई केवल एक दिनको अभियानमा सीमित नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण स्वच्छ राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।
विश्राम बाटिकाले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउँदै आएको छ। यस प्रकारका कार्यक्रमले समुदायमा सामाजिक सद्भाव, सहयोग र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
यस्तो छ बिश्राम बाटिका
मणिग्राम विश्राम बाटिका तिलोत्तमाको पर्यटन र हस्पीटालिटीको लागि आकर्षणको केन्द्र बनेको छ। तिलोत्तमा नगरपालिकाको मणिग्राम चोक नजिक सुविधा सम्पन्न होटल रहेको छ। २०७९ बैशाख २८ गतेदेखी मणिग्राम विश्राम बाटिकाको नाममा सञ्चालनमा आएको हो।३ विघा क्षेत्रफलमा फैलिएको विश्राम बाटिकामा ३१ वटा आकर्षक भिल्लाहरु रहेका छन्। भिल्ला सहित ७१ वटा सुविधा सम्पन्न कोठा रहेका छन्। जसमा डिलक्स, स्टाण्डर डिलक्सका साथै जुनियर स्विट रुम विश्राम बाटीकामा छन्। साढे ५ फिट गहिरो स्विमीङ पुल रहेको छ।
७ वटा वाङ्क्वेट हल, २ वटा कन्फ्रेन्स हल संगै थुप्रै अन्य हलहरु समेत छ। त्यसमध्ये एउटा १० हजार स्क्वायर फिटको विचमा पिल्लर नभएको सभाहल छ। जहाँ एक हजार जना एकैपटक सहभागी हुन सक्छन्।मणिग्राम विश्राम बाटिकामा स्पेसल हेवन गार्डेन आकर्षकको रुपमा रहेको छ। हेवन गार्डेनमा कार्यक्रम गर्न महिनौ अघि बुकिङ हुने गर्दछ। होटलमा स्थानिय तथा विभिन्न जिल्लाका र छिमेकी देश भारतका अधिकांस पाहुना आउने बस्ने रमाइलो गर्ने र शुभा कार्यहरुको समेत आयोजना गर्ने गर्दछन्। विवाह र अन्य ठूला संस्थागत कार्यक्रमको लागि स्थानिय संगै भारतीयहरुको पनि रोजाइमा परेको मणिग्राम विश्राम बाटिकाका अप्रेसन म्यानेजर सुरज खड्काले जानकारी दिए। ‘
कमेन्ट गर्नुहोस्